RSS

Tag Archives: Love

फोटोसप चलाउदा चलाउदै …

मैले के बनाउन खोजेको मलाई नै थाहा छैन । फोटोसप चलाउदा चलाउदै यस्तो आकृति भयो अनि यहा पोष्ट गर्न मन लागेर राखेको ।

मैले देखेकोः राम्रो चरित्र र खराब चरित्रको लर्डाई

 
Leave a comment

Posted by on March 14, 2012 in Graphics

 

Tags: , , ,

म, अनामनगर देखि Migg33 सम्म

२०६६ सालमा होलि मनाउदै साथिहरु पुर्ण, बिजय, मिलन, निर्मल, केरुङ्ग सँग काठमाण्डौमा

कतारबाट हतार गरेर नेपाल पनि आइयो । धरानमा केहि काम थिएन, कहिले online computers त कहिले साथीहरु सँग भेडेटार र बगरकोट गएर नै दिनहरु बित्न थाल्यो । वाईक कुदाउन साह्रै मन पर्ने हुनाले कहिले काहि त धनकुटा हुदै बसन्तपुर अनि बसन्तपुर बाट सिधै विराटनगर पनि गइयो । तर जिन्दगि सधै एकनाशको हुदैन र भयो भने पनि अल्छि लाग्दो रहेछ । धरानमा ३, ४ महिना बसे पछि अब चै केहि गर्नु पर्छ भनेर वेव प्रोगामिङ्गको कोर्स गर्नको लागि काठमाण्डौ गए । काठमाण्डौमा वेव प्रोगामिङ्गको कोर्स सकिए पछि केहि महिनाको लागि काठमाण्डौमा नै सानो तिनो काम गर्नु पर्यो, अनुभव पनि हुने भनेर वेव फ्यूजनमा वेव डिजाइनर तथा ग्राफिक्स डिजाइनरको काम गर्न थाले ।

म काठमाण्डौ अनामनगर पुर्ण सोल्टि सँगै बस्थे । एकदमै रमाईलो ठाउँ अनि साथिहरु र माहौल पनि । अहिले सम्झिदा पनि गइ हालौ जस्तो लाग्ने । हाम्रो र्सकलका साथिहरुको जक्सन थियो त्यो ठाउँ । RS (Royal Stag) पार्टनरहरु मिलाउने त्यो कोठा, दाल खुट्टी बनाएको त्यो भान्सा कोठा, लोड सेडिङ्ग हुदा मैन बत्ति बालेर तास खेलेको त्यो समय, रबिन सरलाई खाना खानुको लागी पर्खिएको त्यो पर्खाइ, जस सोल्टी र बिकाश सर सँग पिएको त्यो रात, अफिसबाट भागेर चार्ल्सको हेरेको त्यो गेम, अनि राति अबेर सम्म पुर्ण सोल्टी सँग हेरेको इङ्गलिस प्रिमियर लिग सधैको लागी मेरो दिमाग रुपी मेमोरीमा सेभ भएको छ । Read the rest of this entry »

 
8 Comments

Posted by on June 21, 2011 in My Dairy

 

Tags: , , , , ,